चितवन-२ मा मतान्तर बढाउँदै लगेका रवि के भन्छन् ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले समग्रमा राम्रो नतिजा ल्याउने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा मतन्तर बढाउँदै लगेपछि सन्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो पार्टी संसद्मा उल्लेखनीय भूमिकामा रहने बताएका हुन् । ‘मेरा सवालमा मतगणना भइरहेको छ । जसरी अगाडि बढेको छ राम्रै मतान्तरले विजयी हुन्छु भन्ने विश्वास छ । अन्य थुप्रै क्षेत्रमा साथीहरूले अग्रता लिइरहनुभएको छ,’ उनले भने, ‘समानुपातिकमा एकदमै राम्रो अवस्था आएको छ । हामी संसद्मा उल्लेखनीय भूमिकामा आउँछौँ । जिम्मेवार दलका रुपमा रहन्छौँ । राष्ट्रिय दलका रुपमा रहन्छौँ ।’
उनले आफूहरू सत्ताको खेलमा मात्रै नलाग्ने बताए । 'नेपालमा प्रतिपक्षी नै छैन । कुनै न कुनै रूपमा मिलेर सरकारमा गएका छन् । विपक्षीरहित संसद्जस्तो बनेको छ,' उनले भने, ' को कता मिल्छ भन्ने टुंगै हुन्न । हाम्रो भूमिका एकदमै जिम्मेवार प्रतिपक्षको भूमिका हुनुपर्छ भन्ने लाग्छ । यो देशमा प्रतिपक्ष नभएकाले त्यसमै जोड हुन्छ । तर यसको मतलब सरकारमा जानै हुन्न भन्ने होइन ।'
उनले पछिल्लो समय मतान्तर समेत बढाउँदै लगेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया