सुर्खेत-१ को राति १० बजेदेखि मतगणना गर्ने तयारी, सर्वदलीय बैठक बस्दै

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ को मतगणना राति १० बजेदेखि सुरु हुने भएको छ । मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
उक्त क्षेत्रको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएकाले मतगणना गरिएको थिएन । क्षेत्र नम्बर एक अन्तरगत सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रको स्थगित निर्वाचन आज सम्पन्न भएको छ । मतपेटिकाहरु ल्याउने कार्य सम्पन्न भइसकेपछि सर्वदलीय बैठक बस्दै गरेको काँग्रेस क्षेत्रीय उपसभापति किरण वलीले जानकारी दिए ।
उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले नेता ध्रुव शाहीबीच कडा प्रतिस्पर्धा भएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया