के सत्ता गठबन्धनले जनमाेर्चाका दुवै उम्मेदवारलाई हराउने हाे ?

काठमाण्डाै । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता साझेदार पाँच दलले गठबन्धन गरेकाे थियाे । नेपाली कांग्रेसकाे नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादी पार्टी र जनमाेर्चाले गठबन्धन गरेका थिए ।
जसमध्ये सत्तागठबन्धनबाट चुनावी स्पर्धामा उत्रिएका जनमाेर्चाका प्रतिनिधिसभाका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । जनमाेर्चालाई गठबन्धनले १६५ मध्ये जम्मा २ सिट दिएकाे छ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार डा सूर्य पाठकले अग्रता लिएका छन् । हिजोदेखि सुरु मतगणनामा आज राति ९ बजेसम्मको गणनाअनुसार एमालेका पाठकले छ हजार पाँच सय ७७ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।
उनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका गठबन्धनका उम्मेदवार चित्रबहादुर केसीले छ हजार पाँच सय २० मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले दुई हजार तीन हजार ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए ।
त्यस्तै प्यूठानको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले १००३१ मत पाएका छन् । जनमोर्चाकी दुर्गा पौडेलले ७१८२ मत पाएकी छन् । थापा र पौडेलको मतान्तर २८४९ छ ।

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

प्रतिक्रिया