समानुपातिकमा हालसम्म एमाले पहिलो : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा, कुन दले कति मत ल्याए ?

काठमाडौँ - प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ । निर्वाचन आयोगको मङ्गलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३८ हजार चार सय ४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७० हजार सात सय ९५ रहेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)को ६६ हजार नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार तीन सय ३५ र जनमत पार्टीको १२ हजार छ सय २६ रहेको निर्वाचन आयोगले जनाएको छ ।
यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार एक सय ३८, नेपाल मजदुर किसान पार्टीको आठ हजार छ सय २१, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको सात हजार आठ सय ३० र अन्यको ३२ हजार तीन सय १९ मत रहेको छ ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया