कर्णालीमा कांग्रेसले खाेल्याे खाता, दैलेख–१ (१)मा खत्री विजयी

कर्णाली- दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।
खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे ।
त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत ल्याएका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया