प्रचण्डको मतान्तर दोब्बर हुँदा बुहारी र ज्वाईंचाँहि हार्न लागेका हुन् ?

काठमाडौं– मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म कांग्रेसले ९, एमालेले ३ र नागरिक उन्मुक्ति पार्टीलेमात्रै प्रतिनिधि सभामा जित हासिल गरेका छन् । गठबन्धनबाट माओवादी केन्द्र, लोसपा, नेकपा एस र जनमोर्चाले कुनै पनि प्रतिनिधि सभामा जित हासिल गर्न सकेका छैनन् ।
गठबन्धनका प्रमुख नायक मानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट फराकिलो अन्तरका साथ अग्रता लिइरहेका छन् । उनी जित्ने लगभग नजिक देखिएपनि उनका परिवारका दुई सदस्य भने रेड जोनमा छन् ।
प्रचण्डकी बुहारी बिना मगर पूर्व मन्त्रीसमेत हुन् । उनले उम्मेदवारी दिएको कञ्चनपुर १ मा उनी करिब– करिब आधा मतान्तरले एमालेका तारा लामालाई पछ्याइरहेकी छन् । उस्तै अवस्थामा छन् प्रचण्डका ज्वाई जीवन आचार्य । उनी पनि एमालेकै उम्मेदवारलाई पछ्याइरहेका छन् । दुवैतर्फ मतगणना भने चलिरहेको छ ।
बिना यसअघि अहिले चुनावी स्पर्धामा रहेकै क्षेत्रबाट निर्वाचित सांसद हुन् । गठबन्धनका कांग्रेस र नेकपा एसको पनि समर्थन रहेपनि उनले आफ्नो मत बढाउन सकेकी छैनन् ।
त्यस्तै मोरङ–६ को प्रदेश १ बाट चुनावी मैदानमा ओर्लिएका प्रचण्डका ज्वाइँ जीवन आचार्य एमालेकी रिता न्यौपानेभन्दा पछि छन् ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया