बाँके–२ (१) मा यादव विजयी

राँझा - बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी भएका छन् । यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गरेका थिए । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।
बाँके क्षेत्र नं २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए ।

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रतिक्रिया