केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

बैतडी : सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।
सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।
यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् भने सङ्घर्षरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।
गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ । सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन । रासस
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

महाकालीको माछा बेचेर जीविका चलाउँदै

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
महाकाली सिँचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य

प्रतिक्रिया