ओली, प्रचण्ड र देउवा : को कति मतले अगाडि ?

काठमाडौँ - प्रमुख दलका शीर्ष नेताले क्रमस: अग्रता कायम गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरुवातदेखि अग्रता बनाइराखेका छन् ।
देउवा डडेल्धुराबाट २१ हजार ७४५ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालको ११ हजार २५२ मत प्राप्त गरेका छन् । ढकाल भन्दा देउवा १० हजार ४९३ मतले पगाडि छन् । यस्तै, नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लको ६ हजार १ सय ८६ मत आएको छ ।
प्रतिनिधिसभा निर्वाचनतर्फ झापा–५ मा एमाले शर्मा ओली २७ हजार ८२६ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी १५ हजार ९० मतका साथ दोस्रो स्थानमा छन् । अधिकारीलाई ५ हजार ९ सय ५२ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले पछ्याइरहेका छन् ।
गोरखा - २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९,१८४ मतले अगाडि छन् । दाहाल १२ हजार ८४४ मत ल्याई अग्रस्थानमा छन् ।
दाहालका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी ३ हजार ६६० मतका साथ दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँको ३ हजार १३२ मत आएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया