काठमाडौं–२ र ८ मा एकैसाथ घण्टीले खोल्यो खाता, सोविता र विराजभक्त विजयी

काठमाडौं । रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यमा खाता खोलेको छ । पार्टीले काठमाडौं–२, र ८ बाट विजयी सुरुआत गरेको हो ।
यहाँ भर्खरै मतगणना सकिएको हो । तर, निर्वाचनको अधिकृतको कार्यालयले भने अझैै मत परिणम सार्वजनिक गरेको छैन । उम्मेदवार स्वयमले आफूले जितिसकेको बताएका छन् ।
१०१०५ मत ल्याउँदै घण्टी चिन्हबाट नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले चुनाव जितेका हुन् । उनले हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई झण्डै आधा मतान्तरले पछि पार्दै चुनाव जितेका हुन् । सायमीले ५८८९ मत ल्याएका थिए ।
त्यस्तै काठमाडौं–२ बाट सोविता गौत्मले चुनाव जितेकी ५न् । उनले १५२२९ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मणीराम फुयाँलले ११५५५ मत पाए । त्यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११०१४ मत पाउँदा गठबन्धनकी ओनसरी घर्तीमगर ९७४८ मतमै खुम्चिइन् ।

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

प्रतिक्रिया