बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

समानुपातिकमा कुन-कुन दलको मत कति ?

काठमाडौँ- नेकपा एमालेले समानुपातिकमा दुई लाख मत कटाएको छ। पछिल्लो परिणामअनुसार एमालेले समानुपातिकमा दुई लाख ११ हजार ६७७ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८८ हजार २०४ मत पाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। स्वतन्त्र पार्टीले ९८ हजार ५६१ मत पाएको छ। चौथो स्थानमा रहेको गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ८७ हजार ४६४ मत पाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको ५०५६७ मत, जनता समाजवादी पार्टीको १६०२९ मत, जनमत पार्टीको १५६७४ मत, नेपाल मजदुर किसान पार्टी १३६०४ मत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ११४९५ मत र नागरिक उन्मुक्ति पार्टीको १०१७७ मत रहेको छ।