बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

दाङ-२ मा ३८१३२ मत गणना : रेखा शर्मा र शंकर पोखरेलले कति पाए मत ?

दाङ- दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८१३२ मत गणना हुँदा शर्माले १४१०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । 

यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९४४६ मत खसेको छ ।