फिफा विश्वकपः आज पनि चार खेल हुँदै

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । समूह 'ई' र समूह 'एफ' का दुई-दुई खेलहरु हुनेछन् ।
पहिलो खेल समूह 'एफ' मा रहेको मोरक्को र सन् २०१८ को उपविजेता क्रोएसियाबीच हुने भएको छ । क्रोएसिया र मोरक्कोबीचको खेल अल बायट स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
त्यसैगरी, दोस्रो खेल जर्मनी र जापानबीच हुने तालिका रहेको छ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुनेछ ।
तेस्रो खेल समूह 'ई' मा रहेका स्पेन र कोस्टारिकाबीच हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल अल थुमामा स्टेडियममा राति ९:४५ बजेबाट सुरु हुनेछ ।
यता समूह 'एफ' मा रहेको बेल्जियम र क्यानडाबीचको खेल अहमद विन अली स्टेडियममा राति १२:४५ बजे सुरु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया