बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

नवलपरासी पूर्व-२ को दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी

काठमाडौँ- नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ १ र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्।

श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्। यो क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो।

त्यसैगरी प्रदेश सभा २ मा पाण्डेले १८ हजार ८०६ मत पाएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७६१ मत ल्याए।