उदयपुर २ (१) मा माओवादीका मगर ३५ मतान्तरले दोस्रो पटक निर्वाचित

विराटनगर- उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर मगर पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका छन् ।
माओवादीका मगरले ८ हजार १०५ मत प्राप्त गर्दा राईले ८ हजार ७० मत पाएका हुन् । मगर प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा उनी माओवादी केन्द्रकी आधिकारिक उम्मेदवारलाई उम्मेदवारी पिर्ता गर्न लगाएर भर्याङ चुनाव चिन्हबाट निर्वाचित भएका थिए । बाम गठबन्धनबाट त्यतिबेला कांग्रेसका भेषराज थापा मगरलाई करीव चार हजार मतान्तरले पराजित गरेका थिए ।
अहिले सत्ता गठबन्धनबाट पुन: उम्मेदवार बनेका माओवादीका मगरले झिनो मतान्तरले एमालेका राईलाई पराजित गर्दै पाँच बर्षे दोस्रो कार्यकाल सुरक्षित गरेका छन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया