दाङ-२ (क) मा कांग्रेसका खनाल विजयी

बुटवल- प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका छन् । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे । कांग्रेसका खनालले एमाले उम्मेदवार रानालाई १ हजार १ सय ६७ मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । १ हजार ४ सय ८५ मत बदर भएको थियो ।
यो जितसँगै ६ प्रदेशसभा सदस्य रहेको जिल्लामा कांग्रेसले पहिलो खाता खोलेको छ । खनाल यसअघि संविधान सभाको दोस्रो निर्वाचनमा पनि विजयी भएका थिए । उनी २०७४ सालमा बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरासँग पराजित भएका थिए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया