जापानविरुद्ध जितको खोजीमा जर्मनी

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत आज विश्वकपको एक सफल टोली जर्मनी र एसियन पावर हाउस जापानबीच खेल हुँदैछ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल खालिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।
२०२२ को विश्वकपमा जापानविरुद्ध मैदान उत्रदा जर्मनीले अघिल्लो संस्करणको खराब प्रदर्शनलाई बिर्साउने लक्ष्य बोकेको हुनेछ । २०१८ मा रुसमा भएको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।
यता सने १९९८ देखि नियमित विश्वकप खेल्दै आएको जापान भने २०१८ मा गरेको प्रदर्शनलाई थप सुधार गर्न चाहन्छ । २०१८ को विश्वकपमा जापानले समूह चरण पार गरेको थियो ।
जर्मनी र जापानबीच यस अघि दुई पटकमात्र प्रतिस्पर्धा भएको छ । सन् २००४ मा जर्मनीले जापानलाई ३-० ले हराएको थियो । सन् २००६ मा भने जर्मनी र जापानबीच २-२ गोलको बराबरी भएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया