रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित

बुटवल। लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । घर्ती १२ हजार ६ सय ६२ मत प्राप्त विजयी भए ।
लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका पूर्णबहादुर प्रतिष्पर्धी भन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन । उनका प्रतिष्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार दुई सय ११ मत प्राप्त गरेका थिए ।
त्यस्तै रुकुम पूर्व प्रदेशसभा (ख) मा काँग्रेसका धनबहादुर केसी निर्वाचित भएका छन् । चार हजार ८ सय ६२ मत प्राप्त गरि केसी निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार नरहरि खड्काले दुई हजार २ सय ४४ मत प्राप्त गरेका थिए । केसी दुई हजार ६ सय १८ मतान्तरले विजयी भएका हुन ।
यहाँ नेकपा एमालेका भावना बिसीले एक हजार ८ सय ६३, स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४०, राप्रपाका केशवचन्द्र समालले २ सय ६६ मत प्राप्त गरेका थिए । निर्वाचित केसी पहिलो पटक निर्वाचनमा भिडेका थिए । प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मंगलबार नै निर्वाचित भइसकेका थिए ।

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति यादव

प्रतिक्रिया