सिके राउत: सन्यासीदेखि सांसद

काठमाडौँ- सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत प्रतिनिधि सभा सदस्यका रुपमा दोब्बर बढी मत ल्याएर विजय भएका छन् ।
उनी ३५ हजार ४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उपेन्द्र यादव भन्दा १८ हजार ६३ मत बढी ल्याई निर्वाचित भएका हुन् । यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।
राउतको विजयसँगै उनको संसदीय यात्रा सुरु भएको छ ।
को हुन् राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका थिए । युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भइसकेका छन् ।
उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर-आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि भइसकेका छन् ।
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरे । इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरे । जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापानमा अध्ययन गरे ।
जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्रको सहारामा मुलुक छोडे । भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया