गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

गोरखा- चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
आज साँझ ६ बजेसम्मको मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका हुन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाएका छन् ।
बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि परेका छन् । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया