पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट जुम्ला १ (१) मा उठेका शाही विजयी

जुम्ला- जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भएका छन् ।
आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । शाहीले कूल नौ हजार छ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार धीरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेका छन् । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मतान्तरले पराजय भएका थिए । कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले हार बेहोर्नुपरेको छ । जुम्लामा गठबन्धन ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भइसकेका छन्।
प्रतिनिधिसभा सदस्यको मतगणना चलिरहेको छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_UBY5yXqjXt_e8uizvb0vxtbdku2mxud3c14o623nlsltnmgosybxfr09c2cf9k2e5wej8bz.jpg)
प्रतिक्रिया