मकवानपुर-१ प्रदेश सभा २ बाट मुख्यमन्त्रीको दाबेदार एकालाल विजयी

मकवानपुर- मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तरगत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ ।
एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली काँग्रेसमा नेता आनन्दाराम पराजुलीलाई पराजित गरेका छन् । श्रेष्ठ १४ हजार २२५ मतसहित विजयी भएका हुन् । श्रेष्ठ नेकपा एमाले मकावानपुरका अध्यक्ष समेत हुन् ।
बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार रहेका युवा नेता एकालालले ८७१ मतान्तरमा पराजुलीलाई पराजित गरेका हुन् । पराजुलीले जम्मा १३ हजार ३५४ मत प्राप्त गरे । यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरे । कूल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो ।

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

प्रतिक्रिया