जापानद्वारा जर्मनी स्तब्ध

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत एसियन पावर हाउस जापानले जर्मनीमाथि जित हात पारेको छ । समूह 'ई' को खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले स्तब्ध तुल्याएको हो ।
जापानको जितमा रित्सु डोआन र टाकुमा असानोले एक-एक गोल गरे । जर्मनीका लागि एकमात्र गोल इल्के गुन्डोगानले गरे ।
गुन्डोगानले ३३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर जापानका रित्सुले ७५ औँ मिनेटमा बराबरी गोल गरे ।
टाकुमाले ८३ औँ मिनेटमा गरेको गोलसँगै जापानले उपाधि दावेदार मानिएको जर्मनीमाथि जित हात पार्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया