धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी

मलेखु- धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लम्साल विजयी भएका हुन् ।अधिकारीलाई भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।
यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।
यस प्रदेश सभामा उम्मेदवार रहेका मङ्गोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरू दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरे ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया