मुख्य सडक कालोपत्र गर्छौं : नवनिर्वाचित सांसद भण्डारी

तनहुँ- तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले यो क्षेत्रमा रहेका मुख्य राजमार्ग पाँच वर्षभित्र कालोपत्र गर्ने बताएका छन् ।
तनहुँको भीमाद नगरपालिका–६ भीमाद बजारमा आज आयोजित विजय जुलुसपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस क्षेत्रमा रहेका मुख्य मार्ग अझै पनि कच्ची रहेकाले पाँच वर्षभित्र यसलाई कालोपत्र गराउने बताएका हुन् ।
फलफूल, अन्नबाली उत्पादनका लागि सिँचाइका नयाँ योजना सुरुआत गर्ने बताउँदै भण्डारीले भने, 'चुनावमा जुन प्रतिबद्धता लिएर जनतामाझ पुगेका थियौँ, त्यसलाई पूरा गरेर छाड्छौँ ।'
विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपर्थ्यो त्यो नभएको भन्दै भण्डारीले विकास अभियान पूरा गर्न जनताले परिवर्तन चाहेको बताए । 'विसं २०४६ को परिवर्तनपछि यस क्षेत्रमा जुन प्रकारले विकास हुनुपर्थ्यो, त्यो हुन सकेको छैन । विसं २०४८ देखि निर्वाचित साथीहरुले जुन काम गर्नुपर्थ्यो त्यो नभएका कारण जनताले हाम्रो खोजी गर्नुभयो, जनताको विश्वासलाई खेर जान दिन्नौँ,' भण्डारीले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले कृषि क्षेत्रमा कुनै योजना नआएको भन्दै आधुनिक कृषि प्रणालीको विकास गर्ने उल्लेख गरे । यस क्षेत्रमा भूमिहीन सुकुम्बासीको समस्या रहेकाले पाँच वर्षभित्र सुकुम्बासीको समस्या समाधान हुने दाबी गरे । 'पाँच वर्षभित्र सुकुम्बासीले लालपुर्जा पाउँछन्, अर्को चुनावमा भेट हुँदा यसको समस्याबारे सुन्न पर्दैन,' भण्डारीले भने ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया