ओखलढुङ्गामा गठबन्धन विजयी

काठमाडौँ- ओखलढुङ्गामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैतर्फ सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
बुधबार सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तथा प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ मा प्रदीपकुमार सुनुवार र क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराम गौतम निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत टीकाराम आचार्यले पुष्टि गरे ।
'प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवैतर्फ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा रुख चिह्न तथा प्रदेशसभातर्फ क्षेत्र नं १ मा रुख र क्षेत्र नं २ मा गोलाकारभित्र हसिँया हतौडा चुनाव चिह्न भएका उम्मेदवार निर्वाचित हुनुएको छ,' आचार्यले भने ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गरेका हुन् ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया