सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

कोस्टा रिकाको पोस्टमा स्पेनको ७ गोल

काठमाडौँ-कतारमा जारी फिफा विश्वकप अन्तर्गत स्पेनले शानदार जित हात पारेको छ । समूह 'ई' मा रहेको स्पेनले कोस्टा रिकालाई ७-० गोलअन्तरले पराजित गरेको हो । 

स्पेनलाई जित दिलाउन फेरान टोरेसले २ गोल गरे । त्यसैगरी, डानी ओल्मो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक-एक गोल गरे ।