तनहुँ–१ मा रामचन्द्र पौडेलको अग्रता कायमै

दमौली- तनहुँ– १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन हजारभन्दा बढीको अग्रता लिएका छन् । आज राति ११ः२० बजेसम्मको मतपरिणामअनुसार उनले तीन हजार दुई सय ६९ मतान्तरले अग्रता लिएका हुन् ।
४३ हजार एक सय १८ मतगणना सकिँदा वरिष्ठ नेता पौडेलले १६ हजार सात सय ९८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।
प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १३ हजार पाँच सय २९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन हजार नौ सय २९ मत प्राप्त गरेका छन् । वरिष्ठ नेता पौडेलले सुरुआतदेखि नै अग्रता लिइरहेका छन् ।
तनहुँ–१ प्रदेश (१) तर्फका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोककुमार श्रेष्ठले अग्रता लिइरहेका छन् । २६ हजार ४७ मतगणना सकिँदा कांग्रेसका श्रेष्ठले १० हजार आठ सय २१ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले सात हजार नौ सय १३ मत प्राप्त गरेका छन् । तनहुँ– १ प्रदेश २ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान विजयी भइसकेका छन् । उनी १३ हजार दुई सय ७१ मत प्राप्त गरी विजयी भएका हुन् । कूल ३० हजार तीन सय ८९ मत खसेकामा प्रतिस्पर्धी गुरुङले १० हजार चार सय ९८ मत प्राप्त गरेका छन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया