लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार रामहरि खतिवडा निर्वाचित

काठमाडौँ- लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का यज्ञराज सुनुवारले २६ हजार सात सय ३८ मत प्राप्त गरेका हुन् ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा यज्ञराज सुनुवारसँगै पराजित भएका थिए । त्यसअघि संविधानसभाको दोस्रो चुनावमा ओखलढुङ्गाको तत्कालीन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी विसं २०७४ को संसदीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनसँग पराजित भएका थिए ।
ओखलढुङ्गा–१ मा कांग्रेसबाट उम्मेदवार बनेका खतिवडालाई एमालेका यज्ञराज सुनुवारले पराजित गरेका थिए । तत्कालीन निर्वाचनमा सुनुवारले ३२ हजार पाँच सय ८० मत ल्याउँदा खतिवडाले २७ हजार तीन सय २७ मत पाएर पराजित भएका थिए ।
अविवाहित नेता खतिवडा युवा पुस्तामा लोकप्रिय हुन् । बुबा जीवनाथ खतिवडा र आमा हेमकुमारी खतिवडाको जेठो सन्तानका रूपमा रामहरि खतिवडा खतिवडा २०२६ साल पुस २४ गते जन्मिएका हुन् । पाँच दाजुभाइ र एक बहिनी मध्येका जेठा खतिवडा अविवाहित हुन् । मानेभन्ज्याङ गाउँपालिका ६ थाक्ले स्थायी ठेगाना रहेका दोस्रो संविधानसभामा (प्रत्यक्ष)बाट निर्वाचित भएका थिए । २०४१ सालमा राजनीतिमा आबद्ध भएका खतिवडा पटक–पटक गरी १ वर्ष छ महिना बन्दी जीवन बिताएका छन् ।
प्रखर वक्ता खतिवडा आफ्नो पार्टी कांग्रेसभित्र पनि लोकप्रिय मानिन्छन् । उनी राजनीतिमा आउनु अघि शिक्षण पेशामा थिए । २०४५ सालमा उदयपुरको कटारीमा भएको पार्टी अधिवेशनबाट पहिलोपटक जिल्ला कार्य समिति चयन भएका थिए । त्यस यताका महाधिवेशनहरूमा खतिवडा सात पटकसम्म महाधिवेशन प्रतिनिधि रहीसकेका छन् ।

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बन्योः सम्मानित नेता खनाल

प्रतिक्रिया