पर्सा–३ बाट विजयी एमालेका गुप्ताको राजनीतिक यात्रा

काठमाडौँ- नेकपा (एमाले) का नेता राजकुमार गुप्ता दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । विसं २०७० को दोस्रो संविधानसभाको सदस्य बनेका उनी यसपटक सङ्घीय संसद्, प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन् ।
पर्सा जिल्लाको तत्कालीन भौराटार ६ मा विसं २०२७ मा जन्मिएका गुप्ताले २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याएका छन् । उनीहरू बीचमा एक सय ५१ मतान्तर रहेको छ । बुवा हिरालालप्रसाद र आमा शान्ति देवीको कोखबाट जन्मिका गुप्ताले २०४२ देखि अखिलबाट राजनीति सुरु गरेका हुन् । उनी २०५१ सालमा युवा सङ्घमा आबद्ध हुँदै, एमालेको जिल्ला सदस्य, २०६६ सालमा पर्सा क्षेत्र नं. ३ को अध्यक्ष बनेका थिए ।
राजनीतिसँगै व्यापारलाई अघि बढाएका गुप्ता लोकतान्त्रिक मधेसी सङ्गठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपनि हुँदा २०७४ मा पराजित भएका थिए । ०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया