बैतडी प्रदेश (१) मा एमालेका सुरेन्द्र पाल विजयी

बैतडी- बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले )का उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन् । उनले १२ हजार आठ ३१ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याए ।
प्रदेशसभा (२) मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन् ।

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

पतञ्जली जग्गा प्रकरण अदालतको विषय बन्योः सम्मानित नेता खनाल

चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

बजेटले आशा र उत्साह ल्याउन नसकेको प्रतिपक्षको टिप्पणी

प्रतिनिधिसभा बैठक स्थगित, आइतबारका १ बजेका लागि बोलाइयो

प्रतिक्रिया