खोटाङ प्रदेशसभा (२) मा कांग्रेस विजयी

खोटाङ- खोटाङ प्रदेशसभा (२) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार राईले १६ हजार चार सय ९६ मत र दङ्गालले १४ हजार तीन सय ५६ मत प्राप्त गरेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मारेका हुन् ।
गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पुर्याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया