तनहुँ–१ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

तनहुँ- तनहुँ–१ प्रदेश (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन् । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।
प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो । उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । नवनिर्वाचित श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया