मकवानपुर-२ मा एमालेका महेश बर्तौला निर्वाचित, समाजवादीका खतिवडा पराजित

मकवानपुर- मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । ३४ हजार ९१६ मतसहित बर्तौला विजयी भएका हुन् ।
बर्तौलाले सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई पराजित गरेका छन् । उनीहरूबीच ४ हजार ५२० मतकाे अन्तर रहेकाे छ । खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका छन् ।
घण्टीबाट भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका छन् । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ । आयोगले आधिकारिक विजयी घोषणा गर्न बाँकी छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया