सिन्धुपाल्चोक प्रदेशसभा : माओवादी केन्द्रका दुलाल र पौडेल विजयी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक –२, प्रदेशसभा (१) मा पनि माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन् । उनले २० हजार नौ सय छ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका अमानसिं तामाङले १२ हजार एक सय ३९ मत प्राप्त गरेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको जिल्लामा १ प्रतिनिधिसभा र ३ प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस एक र माओवादी केन्द्रले तीन गरी चार उम्मेदवार विजयी भई सकेका छन् ।
प्रतिनिधिसभा–२ मा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत २१ हजार सात सय सय ४९ मतसहित अग्रतामा छन् । उनलाई एमालेका शेरबहादुर तामाङले १२ हजार चार सय ४० मतसहित पछ्याइ रहेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया