म्याग्दीमा सत्ता गठबन्धनको 'क्लिन स्वीप'

पोखरा - म्याग्दीका तीनै सीट लोकतान्त्रिक वाम गठबन्धनले जितेको छ । प्रतिनिधि सभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) तथा प्रदेश सभामा माओवादीका रेशम जुग्जाली र हरि भण्डारी विजयी भएका हुन् ।
गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मत अन्तरले हराए । खम्बिरको २४ हजार २१ मत आउँदा श्रेष्ठको २० हजार १ सय ८९ मत आयो ।
प्रदेश सभा (क) मा माओवादीका भण्डारीले एमालेका देवेन्द्रबहादुर कटुवाललाई हराए । भण्डारीले १२ हजार ७ सय ४० मत ल्याउँदा कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।
प्रदेश सभा (ख) बाट माओवादीकै जुग्जाली निर्वाचित भएका छन् । उनले एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमको ९ हजार ४ सय ५४ मत आउँदा यामबहादुरको ९ हजार ३ सय ५३ मत आएको छ ।

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

प्रतिक्रिया