मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

तोसिमालाई बधाइ दिँदै पम्फा भुसालले भनिन्- सकारात्मक कार्यमा मेरो सहयोग रहनेछ

काठमाडौँ - नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई बधाइ दिएकी छन् । 

सोही क्षेत्रबाट पराजित भुसालले कार्कीलाई बधाइ दिँदै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा आफ्नो सहयोग रहने प्रतिवद्धता जनाएकी छन् । 'ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा  निर्वाचित हुनुभएकी तोसिमा कार्कीलाई हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना, उनले भनेकी छन्, 'संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायतका परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा मेरो सहयोग रहनेछ ।'

उनले आफूलाई मत दिने मतदातालई धन्यवादसमेत दिएकी छन् ।