फिफा विश्वकपः आज चार खेल हुँदै

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि चार खेलहरु हुँदैछन् । आज समूह 'जी' र समूह 'एच' का दुई-दुई खेलहरु हुनेछन् ।
पहिलो खेल समूह 'जी' मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेल समूह 'एच' को उरुग्वे र दक्षिण कोरियाबीच हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
तेस्रो खेल पोर्चुगल र घानाबीच हुनेछ । समूह 'एच' मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
बिहीबार हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह 'जी' मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया