उरुग्वे र दक्षिण कोरियाबीचको खेलमा अप्रत्यासित नतिजा आउँला ?

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज उरुग्वे र दक्षिण कोरियाबीच खेल हुँदैछ । समूह 'एच' मा रहेको उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।
पहिलो र चौथों संस्करणको विजेता उरुग्वे एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ । यता, दक्षिण कोरिया पनि उरुग्वेलाई स्तब्ध बनाउने योजनामा छ ।
उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीमाथि भर पर्दा दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्ने खेलाडीको भरमा हुनेछ ।
उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जित हात पार्दा दक्षिण कोरियाले १ खेल जितेको छ । १ खेल बराबरीमा सकिएको छ ।
तर जारी विश्वकपमा एसियाली राष्ट्रले उपाधि दावेदारमाथि जित हात पार्दै आइरेका छन् । त्यसैले दक्षिण कोरियाबाट पनि सोही अपेक्षा गरिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया