रुपन्देही ३ (१) मा लाेसपाका सन्तोष पाण्डे विजयी

बुटवल । रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका छन् ।
पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले बताए । यस्तै पाण्डेका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएको कोईरालाले जानकारी दिए ।
सोही क्षेत्रबाट लौरो चुनाव चिन्ह भएका हाम्रो नेपाली पार्टीका गोपाल भण्डारी ५ हजार ४ सय ६२ मतसहित तेश्रो स्थानमा रहे भने राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङले ३ हजार ६ सय ७४ मत पाएका छन् । प्रदेशसभा सदस्यको लागि निर्वाचित पाण्डे सोही क्षेत्रबाट यस अघि पनि निर्वाचित भएका थिए

प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकताः उप…

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपति पौडेलको आह्वान

प्रतिनिधिसभा बैठक १ बजे, छाडेका छैनन् सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

प्रतिक्रिया