एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित

काठमाडौँ- रौतहट - ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २ सय ३७ मतान्तरले पराजित गरे । उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।
स्वतन्त्र उमेदवार साह ३२ हजार ४ सय ३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए ।
माओवादी केन्द्रका रविन्द्र पटेलले ८ हजार ५५८ मत पाएका थिए । सत्ता गठबन्धनले सघाउने भने पनि साह विरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकट कार्यकर्ताहरूको आरोप छ ।
नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । जसपाको भागमा परेको मधेश प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा तर्फ ८ र प्रदेशसभा तर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

भिजिट भिसा प्रकरण : श्रम ऐन २०६४ आएदेखि अहिलेसम्मका गृहमन्त्रीलाई छानबिन गर्नु…

सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित होइन् : मन्त्…
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया