मंगलबार २० जेठ, २०८२
Tuesday, June 03, 2025

दाहाललाई ओलीको फोन : तिक्तता भुलेर सहकार्य गरौँ

फाइल तस्वीर

काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै आगामी सहकार्यको बारेमा जिज्ञासा राखेका छन्।  चुनाव जितेको बधाई दिँदै पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।

नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि टेलिफोन गरेर बधाई दिएका थिए ।