समानुपातिक मतगणना जारी: कांग्रेस र एमाले मध्ये कुन अगाडि?

काठमाडौँ- गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार पाँच सय ७५ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख दुई हजार चार सय ९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार तीन सय ७५ मत पाएको छ ।
यो अवधिसम्ममा जनता समाजवादी पार्टीले एक लाख १२ हजार पाँच सय ७९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६७ हजार छ सय १४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार पाँच सय ४७, नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार सात सय चार र नेपाल मजदुर किसान पार्टीले ५६ हजार एक सय ८३ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार दुई सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार चार सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार आठ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार एक सय ८६ मत पाएको छ । नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_ltJRKxxu5c_pvbjv93ravewqgnk8uuskpneviqvg4vkadk9qcn0jjtrtwlwrizythbgm0yn.jpg)
प्रतिक्रिया