शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

काभ्रे-२ मा गोकुल बाँस्कोटाको जित निश्चित : गन्‍न बाँकी ५००९ मत, ५७१८ मतान्तरले हुमागाईं पछाडि

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । काभ्रे क्षेत्र नम्बर २ मा बाँस्कोटाले ४३६८१ मत पाएका छन् ।

उनका प्रतिर्स्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७९६३ मत पाएका छन् । हुमागाईंभन्दा बाँस्कोटा ५७१८ मतान्तरले अघि छन् ।

काभ्रे क्षेत्र नम्बर २ मा अब ५००९ मत गणना हुन बाँकी छ ।