जुलीकुमारी महतोको तेस्रो पटकको संसदीय यात्रा

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी छिन् ।
पाँच दलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी तेस्रोपटक निर्वाचित भएकी हुन् । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
तीन दशकदेखि राजनीतिमा क्रियाशील उनकाे संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएकी थिइन् । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भइन् ।
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकी छिन् ।
एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनेकी थिइन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया