प्रदेश १ को प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा मत गन्न बाँकी

विराटनगर- प्रदेश १ का दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा मतगणना कार्य बाँकी रहेको छ । सुनसरीको क्षेत्र नम्बर १ (२) र क्षेत्र नम्बर ३ (२) मा मतगणना बाँकी रहेको जनाइएको छ ।
५६ निर्वाचन क्षेत्रमध्ये ३६ वटा प्रदेश निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । बाँकी २० वटा मध्ये १८ वटामा गणना जारी रहेको जनाइएको छ ।
सुनसरीको क्षेत्र नम्बर १ (१) मा मतगणना सकिएको छ । क्षेत्र नम्बर ३ (१) मा गणना अन्तिम चरणमा रहेकोले दुवै क्षेत्रको प्रदेश सभा (२) तर्फ गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी १ (२) मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का रेवती रमण राई र नेकपा एमालेबाट विजयकुमार राई मुख्य प्रतिष्पर्धी रहेका छन् । त्यस्तै क्षेत्र नम्बर ३ (२) मा गठबन्धनबाट कांग्रेसका विन्देश्वर यादव र एमालेका रामदेव यादव मुख्य दाबेदारका रूपमा रहेका छन् ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया