७० करोड घूसकाे आरोपलाई काभ्रेका जनताले खारेज गरिदिएः गोकुल बास्कोटा

काठमाडौं- एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घूस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।
काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।
‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरू कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलीन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।
नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

संसद्को हिउँदे अधिवेशन उपलब्धिपूर्ण : प्रमुख सचेतक

स्व नेता बोहोराप्रति पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

ओली र मोदीबीच बैंककमा 'साइडलाइन' भेटवार्ता हुने

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

प्रतिक्रिया