प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की पुन: निर्वाचित

विराटनगर- प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की प्रदेशसभा सदस्यमा पुन: निर्वाचित भएका छन् । मोरङको प्रदेशसभा क्षेत्र नम्बर ६ (२) बाट कार्की निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेबाट लडेका प्रदेश कमिटी सदस्य कृष्ण बस्नेत (पर्शुराम) लाई १ हजार १७६ मतले पराजित गरेका हुन् । कार्कीले १० हजार ४३१ र बस्नेतले ९ हजार २५५ पाएका छन् ।
बस्नेतले करिब पाँच सय मत गणना बाँकी रहँदै साइनोले ‘ज्वाँई’ रहेका कार्कीलाई बधाई दिएका थिए । उनले आगामी दिनमा सहकार्य गरेर काम गर्न आफू तयार रहेको बताए ।
कार्की २०७४ को आम निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट एमालेका रमेश पोखरेललाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया