मुख्यमन्त्री कार्यालय अगाडि जन्ती बोकेको गाडीमा आगलागी

जनकपुरधाम : धनुषाको जनकपुरधामस्थित प्रदेश-२ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आगाडि गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।जनकपुरधाममा गुडिरहेको गाडी सडकमा रहेको डिभाइडरमा ठोक्किँदा आगलागी भएको हो ।
शनिवार साँझ ७ बजे प्रदेश ३–०१–०२४ च ८९१८ नम्बरको माइक्रो डिभाइडरमा ठोकिएर दुर्घटनाग्रस्त भएपछि आगो लागेको हो । गुडिरहेको गाडी भित्र ग्यासका सिलिण्डरहरु रहेको र डिभाइडरमा ठोक्किँदा आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन।
दुर्घटनामा ठुलो मानवीय क्षति नभएपनि गाडीको धेरै भाग जलेको छ । प्रवक्ता मिश्रका अनुसार जन्ती लिएर धनुषाको महेन्द्रनगरबाट युदुकुहा गईरहेको सो गाडी भित्र सवार रहेका १३ जना मध्ये दुईजना घाइते भएका छन् ।
गाडीमा आगलागी भएको १५ मिनेटमै प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना पश्चात गाडीका चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया