सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

छिन्नमस्तास्थित कृषि फार्ममा आगलागी

राजबिराज- सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ । आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दाकुमार मण्डलले जानकारी दिए ।    
    
आगलागीको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले बताए ।